क्रिकेट
विश्वकप छनोट : नेपाल जिम्बावेसँग पराजित

काठमाडौं— विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो ।
जिम्बावेका लागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेले । कप्तान इर्भिनले १२८ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा नटआउट १२१ रन बनाए ।
यस्तै विलियम्सले ७० बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा १०२ रन बनाए । वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए ।
नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको थियो । समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० २०:००