News Griha :: न्यूजगृह
स्वास्थ्यमा सुधार आएपछि नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बोल्नेछु : अध्यक्ष ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बोल्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले शरणार्थी प्रकरणबारे संसदमा बोल्ने बताएका हुन् ।

उनले आफ्नो प्रतिकूल स्वास्थ्य अवस्थाका कारण बिहीबार संसद् बैठकमा उपस्थित हुन नसकेको बताएका छन् ।

उनले भनेका छन्,‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसदसमक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु ।’

kp oli status1684418064.JPG

 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १९:३६
Weather Update