पूर्वकप्तान खड्काले दिए नेपाली टोलीलाई शुभकामना

काठमाडौं— नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले एसिया कपअन्तर्गत नेपाल र पाकिस्तानबीच खेलको पूर्वसन्ध्यामा नेपाललाई शुभकामना दिँदै ‘सपना वास्तविकतामा परिणत भएको’ बताएका छन् ।
उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई शुभकामना दिएका हुन् । पूर्वकप्तान खड्काले बुधबार (आज) नेपाली क्रिकेटका लागि सबैभन्दा महत्वपूर्ण दिन भएको उल्लेख गरेका छन् ।
‘सपना वास्तविकतामा परिणत भएको छ । भोलि (आज) नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण दिन हुनेछ,’उनले फेसबुकमा लेखेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० ०६:१५