एसिया कप क्रिकेट
नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दै

काठमाडौं— नेपालले एसिया कपको उद्घाटन खेलमा बुधबार घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल बुधबार दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।
नेपाल एसिया कप खेल्ने आठौं टोली बन्दैछ । एशोसिएट टोलीमा यूएई, हङकङपछि तेस्रो टोली बन्नेछ । नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै विश्वलाई देखाउने तयारीमा छ ।
नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० ०५:५८