डेडिकेटेड विवाद : टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन सोमबार, मंसिर ३, २०८१
पूर्व सभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली सोमबार, मंसिर ३, २०८१ सोमबार ढुंगानाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
गुन्डा सत्यमान लामा पक्राउ सोमबार, मंसिर ३, २०८१ गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन्। चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।
पाथीभरा मन्दिरमा कार्तिकमा मात्रै ३७ लाख ४४ हजार भेटी सोमबार, मंसिर ३, २०८१ पाथीभरामा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँ भेटी संकलन भएको छ। आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्वारा प्रेषित सूचनामा उल्लेख भए अनुसार कार्तिकमा ६१ हजार १ सय ७३ तीर्थयात्री आएका थिए।
पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने सोमबार, मंसिर ३, २०८१ केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो।
एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको भाउ सोमबार, मंसिर ३, २०८१ नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो।
पृथ्वी राजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द सोमबार, मंसिर ३, २०८१ निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो। उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा सोमबार, मंसिर ३, २०८१ पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।
बहुविवाहका फरार प्रतिवादी पक्राउ सोमबार, मंसिर ३, २०८१ फरार रहेका बहुविवाह मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ परेको छ। बैतडीको मेलौली नगरपालिका–१ का ४० वर्षीय सुरेशसिंह विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आज शेयर बजार बन्द सोमबार, मंसिर ३, २०८१ नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले बजार बन्द हुने जानकारी दिए।
नेपाल एअरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान सोमबार, मंसिर ३, २०८१ आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानले कुवेतबाट १७१ जना यात्रु ल्याएको थियो। फर्किंदा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ जना लिएर उडेको छ।
सहकारी ठगी: कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने सोमबार, मंसिर ३, २०८१ सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी प्रहरी काठमाडौंले बयानका लागि रम्तेललाई गत शनिबार पोखराबाट काठमाडौं ल्याएको हो।कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि रम्तेललाई काठमाडौं झिकाइएको हो।
इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए सोमबार, मंसिर ३, २०८१ बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले गरेको हवाई हमलाबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएका स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ।