News Griha :: न्यूजगृह
कांग्रेस अडानबाट लचक नभएपछि संसद्का दुवै सदनको बैठक प्रभावित 
कांग्रेस अडानबाट लचक नभएपछि संसद्का दुवै सदनको बैठक प्रभावित  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानका कारण संघीय संसद्का दुवै सदनको बैठक प्रभावित भएको छ।बिहीबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि जस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको...
गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री ओलीकै पालामा भएको होः देउवा
गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री ओलीकै पालामा भएको होः देउवा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रष्ट पारेका छन्। उनले एमालेकै पालामा सो जग्गा बिक्री भएको भन्दै ओलीलाई आफ्नो पालामा गरेको निर्णयलाई हो भन्न किन नसकेको भनि उल्टो प्रश्न गरे। 
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते 
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते  मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सुदूरपश्चिममा विपक्षीको विरोधकाबीच मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत  
सुदूरपश्चिममा विपक्षीको विरोधकाबीच मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत   सुुदूरपश्चिम प्रदेशमा विपक्षीहरुको विरोधकाबीच मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। आजको बैठकमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षका प्रदेश सभा सदस्यहरुले विरोध जनाएका थिए। विरोधकैबीच पनि रोस्टममा पुगेर मुख्यमन्त्री सोडारीले विश्वासको मत मागेका थिए। 
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ।विसं २०६३ मा ट्र्याक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले दिच्याम र उपल्लो दुखुलाई जोड्छ। मालिका गाउँपालिका–६ दरवाङको आवासीय क्षेत्रसमेत रहेको उपल्लो बजारको बाटो कालोपत्र भएपछि गाउँको सौन्दर्य बढेको छ। 
संसद् बैठक ४ बजेसम्मलाई सर्‍यो 
संसद् बैठक ४ बजेसम्मलाई सर्‍यो  प्रतिनिधि सभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बैठक ४ बजेसम्मका लागि सारिएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले छानबिन...
सभामुखलाई फोन गरेर प्रधानमन्त्रीले भने– गृहमन्त्रीलाई बोल्न दिनेगरी कांग्रेससँग सहमति गर्दैछु
सभामुखलाई फोन गरेर प्रधानमन्त्रीले भने– गृहमन्त्रीलाई बोल्न दिनेगरी कांग्रेससँग सहमति गर्दैछु संसद्को जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस नेताहरुसँग छलफलमा जुटेका छन्। केहीबेरअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच फोन सम्पर्क भएको र प्रधानमन्त्रीले आफू कांग्रेसलाई सहमतिमा ल्याउन लागिपरेको बताएका हुन्। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीले सभामुखसँग आज संसद् बैठक निर्धारित समय भन्दा केही ढिला गरी बस्ने वातावरण मिलाउन आग्रह...
संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको ‘एसएमएस’ 
संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको ‘एसएमएस’  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। कांग्रेसले सबै सांसदहरुलाई मोबाइलमा ‘एसएमएस’ मार्फत् अनिवार्य उपस्थित हुन भनेको हो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले निरन्तर संसद्मा अवरोध गर्दै आइरहेको छ।
संसद् बैठक अझै सुरु भएन, अवरोध हटाउन छलफलमा सभामुख 
संसद् बैठक अझै सुरु भएन, अवरोध हटाउन छलफलमा सभामुख  सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन्।सभामुखले प्रधानमन्त्री दाहालसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग आफ्नो कार्यकक्षमा सामूहिक...
सुनकाे मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ४० हजार पुग्यो 
सुनकाे मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ४० हजार पुग्यो  नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबारको तुलनामा प्रतितोला छापावाला सुन १ हजार ६ सयले वृद्धि भइ प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४० हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो। 
जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते 
जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते  जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा कांग्रेस र नाउपा रेशम पक्षको अवरोध, ३० मिनेटका लागि स्थगित 
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा कांग्रेस र नाउपा रेशम पक्षको अवरोध, ३० मिनेटका लागि स्थगित  सुदूरपश्चिम प्रदेश सभा बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका प्रदेश सभा सदस्यहरुले अवरोध खडा गरेको छन्। आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बसेको थियो। तर कांग्रेस र नाउपा ५ प्रदेश सभा सदस्यले सुरुमै अवरोध खडा गरेको थियो। बैठकमा बोल्दै नाउपाका प्रदेश सभा...
Weather Update