तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपाने बने एमालेको उम्मेदवार शनिबार, चैत १८, २०७९

देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्छ: बिजुक्छे शनिबार, चैत १८, २०७९ स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आयोजना गरेको दुई दिने भक्तपुर घरेलु उत्पादन मेलाको शनिबार उद्घाटन गर्दै उनले घरेलु उत्पादन तथा सामग्री खरिद गरेर स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताए ।

हुम्ला अस्पतालमा औषधि अभाव, जटिल रोगको उपचारमा समस्या शनिबार, चैत १८, २०७९ अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए ।

एमाले सचिवालय बैठक सुरु, उम्मेदवार छनौट गरिने शनिबार, चैत १८, २०७९ पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल शनिबार, चैत १८, २०७९ राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार काठमाडौंमा आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए ।

रसुवागढी-केरुङ नाका पूर्ण रुपमा सञ्चालन शनिबार, चैत १८, २०७९ नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ गते बैठक बसेको थियो । उक्त बैठकमा भएको सहमतिअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का शनिबार, चैत १८, २०७९ उनले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु, शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताए ।

पर्वतमा खोला सुकाएरै बिजुली शनिबार, चैत १८, २०७९ विद्युत् गृहका सञ्चालकले कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने भए पनि सबै पानी ड्यामतर्फ लगाउँदा खोलामा पानी बग्न छाडेको हो । खोलामा निर्बाध पानी बग्न पाउनुपर्ने भए पनि हाइड्रोका मालिकको व्यापारिक स्वार्थका कारण प्रकृतिमाथि गम्भीर खेलबाड भइरहेको स्थानीयको बुझाइ छ ।

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा निषेध शनिबार, चैत १८, २०७९ कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

दोलखाको सरी केन्द्रबिन्दु भएर भूकम्प शनिबार, चैत १८, २०७९ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

मिटर ब्याजको समस्या मेरै कार्यकालमा समाधान गर्छु : प्रधानमन्त्री शनिबार, चैत १८, २०७९ अहिले ऐन बनाउने कार्य पूरा हुने चरणमा रहेको भन्दै उनले अहिले गृहमन्त्री पनि आफू नेतृत्वकै पार्टीले पाएको र गृहमन्त्री पनि मिटरब्याज समस्याको समाधानका लागि गम्भीर रहेको बताए ।

रामपुर कृषि क्याम्पसको स्ववियु चुनावमा धाधँली भएको कांग्रेसको आरोप शनिबार, चैत १८, २०७९ क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी कुनै एक विद्यार्थी संगठनलाई फाइदा हुने गरी मतदानको सूचना निकालेर चुनाव गराएको कांग्रेसको दाबी छ ।

रसुवागढी नाका पूर्णरुपमा सञ्चालन शनिबार, चैत १८, २०७९ नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्।









