News Griha :: न्यूजगृह
रसुवागढी-केरुङ नाका पूर्ण रुपमा सञ्चालन

काठमाडौं– रसुवागढी-केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबारबाट उक्त नाका पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ । 

नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ गते बैठक बसेको थियो । उक्त बैठकमा भएको सहमतिअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो । 

सचिव मधुकुमार मरासिनी र तिब्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसंचालनको घोषणा गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १४:०१
Weather Update