News Griha :: न्यूजगृह
रामपुर कृषि क्याम्पसको स्ववियु चुनावमा धाधँली भएको कांग्रेसको आरोप

काठमाडौं—चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको सवतन्त्र विद्यार्थी युनियन निर्वाचनमा धाधँली भएको आरोप नेपाली कांग्रेसले लगाएको छ ।

क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी कुनै एक विद्यार्थी संगठनलाई फाइदा हुने गरी मतदानको सूचना निकालेर चुनाव गराएको कांग्रेसको दाबी छ । रामपुरमा शुक्रबार मतदान भएको थियो ।

उक्त निर्वाचनमा क्याम्पस प्रशासनको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको कांग्रेसको आरोप छ ।

चुनावमा भएको धाधँलीको विरोध गर्दा प्रहरी लगाएर स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाई अध्यक्ष सुरज यादव घाइते भएको भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ११:३६
Weather Update