मन्त्रिपरिषद् बैठकका २३ निर्णय [सूचीसहित] आइतबार, कात्तिक ४, २०८१
पोखरा तनावग्रस्त आइतबार, कात्तिक ४, २०८१ रास्वपा समर्थकले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछी पोखराको शहीदचोकमा तनावको अवस्था सिर्जना भएको छ।जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहीदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो।
नेप्से ४७.४४ अंकले घट्यो, कारोबार बढ्यो आइतबार, कात्तिक ४, २०८१ अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा कायम भएको छ। कारोबार रकम भने बढेको छ। गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो । १८ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो ।
कार्तिक १० गते मावि लाइसेन्सको परीक्षा, कुन प्रदेशबाट कति छन् परीक्षार्थी? आइतबार, कात्तिक ४, २०८१ आयोगका अनुसार जम्मा परीक्षार्थी सङ्ख्या ४४ हजार पाँच सय १० जना रहेका छन्। जसमध्ये कोशी प्रदेशबाट ६ हजार ९ सय ७४ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र मोरङ तोकिएको छ। मधेस प्रदेशबाट ७ हजार २ सय २२ रहेका छन्। परीक्षा केन्द्र धनुषा तोकिएको छ।
अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने आइतबार, कात्तिक ४, २०८१ अर्थ मन्त्रालयमा आइतबार बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका हुन्। उनले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए।
अपहरणमा संलग्न रहेको आरोपमा प्रहरी र पूर्ववडाध्यक्ष पक्राउ आइतबार, कात्तिक ४, २०८१ दाङको बबई गाउँपालिका–६ का ३७ वर्षीय मोहन बुढाथोकी र तुलसीपुरका माधव पोखरेललाई बन्धक बनाएर प्यूठान पुर्याएको आरोपमा प्यूठान नगरपालिका–८ का पूर्ववडाध्यक्ष लीलासिंह केसीसहित पाँच जना पक्राउ परेका हुन्।
मनाङमा लेक लागेर पर्यटकको मृत्यु आइतबार, कात्तिक ४, २०८१ मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ। ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विट्जरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रविलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगियो आइतबार, कात्तिक ४, २०८१ शुक्रबार काठमाडौंबाट पक्राउ परेलगत्तै पोखरा पुर्याइएका लामिछानेलाई म्याद थप गर्नका लागि आइतबार बिहान प्रहरीले अदालत लगेको हो।
कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल आइतबार, कात्तिक ४, २०८१ जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ। कास्की जिल्ला अदालत, शहीदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ।
झडप र हुलदङ्गा हुन सक्ने भन्दै पोखराका केही क्षेत्रमा निषेधाज्ञा आइतबार, कात्तिक ४, २०८१ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन सक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेका हुन्।
बसमा भेटिएको ३ लाख रुपैयाँ प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो आइतबार, कात्तिक ४, २०८१ काँकडभिट्टाबाट कपिलवस्तुको कृष्णनगर आउँदै प्रदेश १–०१–००१ ख, ३८३६ नम्बरको बसमा हराएको ३ लाख ४ हजार ७ सय नगद र सुनसहित सामान प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ।
मकै बेचेर जीवन निर्वाह आइतबार, कात्तिक ४, २०८१ इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ। दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन्।
अनुसन्धानमा सघाउन रास्वपा र सहकारी पीडितलाई कास्की प्रशासनको अनुरोध आइतबार, कात्तिक ४, २०८१ रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरू प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गरेका हुन्।