साफ वुमन्स च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना सोमबार, कात्तिक ५, २०८१
यही कार्तिक १५ मा अवकाशमा जान लागेकी डीआईजी राणा एआईजीमा बढुवा सिफारिस सोमबार, कात्तिक ५, २०८१ नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) किरण राणालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना सोमबार, कात्तिक ५, २०८१ अहिले बिहान लुम्बिनी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ।
बागलुङको छुर्पी अमेरिका निर्यात सोमबार, कात्तिक ५, २०८१ पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ। सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ।
रवि लामिछानेको थुनछेक बहसमा के भयो? आइतबार, कात्तिक ४, २०८१ आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा चलेको बहसमा रवि पक्षका वकिलले उनलाई बाहिर राखेर नै मुद्दा अघि बढाउनुपर्ने तर्क गरे भने सहकारी पीडितका पक्षबाट बहस गरेका वकिलले हिरासतमै राख्न माग गरे।
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा आइतबार, कात्तिक ४, २०८१ सभापति देउवा आएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटवार्ता सुरु भएको छ। देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए।
पार्टीकै नेताहरू अराजक भएः एमाले अध्यक्ष ओली आइतबार, कात्तिक ४, २०८१ भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टीको केन्द्रीय कार्यालय बनाउन लागेकोमा पार्टीभित्रबाटै विरोध भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।
विवादीत व्यवसायी मीनबहादुरको जग्गामा पार्टी कार्यालय बनाउने निर्णय एमाले बैठकद्वारा अनुमोदन आइतबार, कात्तिक ४, २०८१ चौतर्फी विवादमा परेको भाटभटेनीका व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउने निर्णय अनुमोदन भएको छ।सचिवालय बैठकले जग्गा लिने र घर बनाउने विषय अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका एक पदाधिकारीका अनुसार, उक्त निर्णय आइतबार बसेको बैठकले अनुमोदन गरेको हो।
अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक आइतबार, कात्तिक ४, २०८१ ट्राफिक प्रहरीले ट्राफिक नियमबारे सचेतना फैलाउन जरुरी रहेको गृहमन्त्री लेखकको भनाइ छ। विद्यालय र समुदायसँग जोडिएर ट्राफिक नियमका बारेमा सचेतना अभियान चलाउनुपर्ने उनको सुझाव छ। सरकारले सुशासनका काम प्रभावकारी बनाउन प्रविधिमा जोड दिनुपर्ने पनि गृहमन्त्री लेखकले बताए।
पार्टी निर्णयविरुद्ध उभिएको भन्दै रावल, पाण्डे र तिम्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण आइतबार, कात्तिक ४, २०८१ एमाले पार्टीको भवन निर्माणको विषयमा पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’ आइतबार, कात्तिक ४, २०८१ यसपटकको शरद याममा पनि उनी घुमफिरमै व्यस्त छन्। यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा सुरु गरे। चार दिनपछि धवलागिरि हिमालको फेदमा पुग्ने उनको योजना छ।
चार दिनमै बढ्यो अन्डाको मूल्य, कति पुग्यो? आइतबार, कात्तिक ४, २०८१ अन्डाको मूल्य चार दिनमै वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो।
रवि लामिछाने ६ दिन हिरासतमै रहने आइतबार, कात्तिक ४, २०८१ पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो।