पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन शनिबार, कात्तिक ३, २०८१
स्याङ्जामा बम बिस्फोट, नेपाली सेनाका सेवानिवृत कर्मचारी घाइते शनिबार, कात्तिक ३, २०८१ चापाकोटमा बम बिस्फोट भएको छ। चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोविन्द पुरीको घरमा बम बिस्फोट भएको हो।
आज राति यी पाँच प्रदेशमा वर्षाको सम्भावना शनिबार, कात्तिक ३, २०८१ शनिबार साँझ देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी ठाउँमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (लगभग आकाश सफा) छ।
सहकारी अपचलनमा रवि लामिछानेको संलग्नताबारे छानबिन समितिको प्रतिवेदनमा के छ? शनिबार, कात्तिक ३, २०८१ पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी पोखरा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने भएको छ।
लामिछाने पक्राउको जानकारी सभामुखलाई गराइयो शनिबार, कात्तिक ३, २०८१ जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखिपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा शनिबार जारी सूचनामा उल्लेख छ।
एमालेले बोलायो सचिवालय बैठक, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा छलफल हुने शनिबार, कात्तिक ३, २०८१ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। भोलि आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली शनिबार, कात्तिक ३, २०८१ सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरे। सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ।
ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने शनिबार, कात्तिक ३, २०८१ नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ । कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उनले बताए। नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
सातदोबाटोमा गुडिरहेको बसमा आगलागी शनिबार, कात्तिक ३, २०८१ ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक शनिबार अपरान्ह चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
जुम्लाका किसान धमाधम मार्सी धान थन्क्याउँदै शनिबार, कात्तिक ३, २०८१ दसैँ सकिएसँगै मार्सीधान भित्र्याउन हतार भएको सिंजा गाउँपालिकाका जयशङ्कर धिताल बताउँछन्। गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भ्यिाउन थालिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए।
चिकित्साशास्त्र अध्ययनका लागि चीनमा रहेका नेपाली युवा मृत भेटिए शनिबार, कात्तिक ३, २०८१ चिकित्साशास्त्र अध्ययनका लागि चीनमा रहेका नेपालगञ्जका ३५ वर्षीय युवा चीनको क्वाङ्सी स्वायत्त प्रदेशमा मृत फेला परेका छन्।
कावासोतीमा जीप दुर्घटना हुँदा जनाको २ मृत्यु, २८ घाइते शनिबार, कात्तिक ३, २०८१ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो।
रवि पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन शनिबार, कात्तिक ३, २०८१ आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालेले पोखरामा प्रदर्शन सुरु गरेका छन्। अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको मुल गेट अगाडि पनि रास्वपाका कार्यकर्ता भेला भएका छन्।