News Griha :: न्यूजगृह
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्रीको आसन्न औपचारिक चीन भ्रमणको बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा राष्ट्रपति पौडेललाई भेट्न शनिबार साँझ शीतलनिवास पुगेका राष्ट्रपति कार्यलयका एक अधिकारीले जानकारी दिए।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले चीन भ्रमण र नेपालले चीनसँग गर्न लागेको बीआरआई सहकार्य फ्रेमवर्कको सम्झौता र अन्य द्विपक्षीय विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराए।

साथै, परराष्ट्रमन्त्री राणाले आफ्नो तीन दिने चीन भ्रमण र त्यहाँ चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएका छलफल र कुराकानीको बारेमा जानकारी गराएकी थिइन्।

प्रधानमन्त्री ओलीले सोमबार (मंसिर १७) देखि २० सम्म चीनको औपचारिक भ्रमण गर्दै छन्।

PM_president_razu-1732972488.jpg

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १८:५५
Weather Update