News Griha :: न्यूजगृह
राजनीतिमा आउने साराको संकेत
राजनीतिमा आउने साराको संकेत बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम कमाइन्। यी अभिनेत्री प्रायः राजनीतिक मुद्दामा आफ्नो भनाइ राख्दै चर्चामा आउँछिन्। उनलाई बीजेपीले लोकसभा चुनाव २०२४ मा हिमाञ्चल प्रदेशको मण्डी सिटबाट टिकट दिइसकेको छ । यही बेला अर्की अभिनेत्री सारा अली खानले पनि राजनीतिमा आउने कुराको संकेत दिएकी छन्।
‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट
‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल नेपाल २०२४’को काठमाडौं अडिसन सम्पन्न भएको छ। काठमाडौंको  ज्ञानेश्वरस्थित एटिकमा सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागिता जनाएका थिए।
कपिल र सुनीलबीचको झगडा ‘पब्लिक स्टन्ट’ मात्रै!
कपिल र सुनीलबीचको झगडा ‘पब्लिक स्टन्ट’ मात्रै! ओटीटी शो ‘द ग्रेट इण्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनील ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन्।उनले सञ्चारमाध्यमसँग कुरा गर्दै ६ वर्षअघि कपिलसँग भएको झगडाले मनोरञ्जन उद्योगमा आँधीबेहरी ल्याएको भन्दै मजाक गरेका थिए।
रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी
रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ। रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताए। आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ। रङ्गमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद भएको अभिनेता कमलमणि नेपालले टिप्पणी छ। 
खराब व्यवहारले ६ पटक प्रतिबन्धमा परेका बलिउड अभिनेता प्रकाश राज
खराब व्यवहारले ६ पटक प्रतिबन्धमा परेका बलिउड अभिनेता प्रकाश राज बलिउड अभिनेता प्रकाश राज आज ५९ औं जन्मदिन मनाउँदैछन्। ३८ वर्षको फिल्मी करियरमा उने तमिल, तेलुगू र हिन्दी फिल्ममा काम गरेका छन्। उनले ५ नेशनल अवार्ड, ५ फिल्म फेयर र ३ विजय अवार्ड पाइसकेका छन्।
रामायणका राम र सोलेकी वसन्ती चुनावी मैदानमा
रामायणका राम र सोलेकी वसन्ती चुनावी मैदानमा भारतको आगामी लोकसभा निर्वाचनमा रामायणका राम पनि प्रतिष्पर्धा गर्ने भएका छन्। सत्तारुढ भारतीय जनता पार्टीले लोकप्रिय टेलिसिरियल रामायणमा रामको भूमिका निभाएका कलाकार अरुण गोविललाई मेरठ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ।कलाकार गोविल जस्तै अर्की चर्चित नायिका हेमा मालिनी पनि निर्वाचनको मैदानमा उत्रिएका छन्।
महाजात्रा’को तीन दिनको कमाइ ४ करोड २६ लाख
महाजात्रा’को तीन दिनको कमाइ ४ करोड २६ लाख नेपालसहित विश्वभर एकसाथ प्रदर्शनरत फिल्म ‘महाजात्रा’को तीन दिने कलेक्सन निर्माण पक्षले सार्वजनिक गरेको छ। निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म ४ करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ।
३०० वर्ष पुरानो शताब्दी घरमा एक्काइसौं शताब्दीको स्वतन्त्रताबारे विमर्श
३०० वर्ष पुरानो शताब्दी घरमा एक्काइसौं शताब्दीको स्वतन्त्रताबारे विमर्श एक्काइसौँ शताब्दीमा हामी (मानव)माथि कसले र कस्तो निगरानी गरिरहेको छ? र, नेपालजस्तो मुलुकमा त्यसको प्रभाव कस्तो छ? कुश्मा कला परियोजनाअन्तर्गत पर्वत कुश्मास्थित ३०० वर्ष पुरानो ‘शताब्दी घर’मा शनिबार यिनै विषयमा विमर्श गरिएको छ। लेखक-अनुवादक रोहेज खतिवडाको अनुवाद-सम्पादनमा प्रकाशित किताब ‘एक्काइसौँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तकमाथि- विश्वकै प्रसिद्द र धेरै पढिने...
‘रामायण’का लागि शाकाहारी बने रणवीर
‘रामायण’का लागि शाकाहारी बने रणवीर बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदैछन्। यो फिल्मलाई लिएर फ्यानमाझ जबरदस्त क्रेज बनेको छ। फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको तालिमसँगै विभिन्न तयारी गरिरहेका छन्। यहीबीचमा रणवीरको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्बिरमा उनलाई ‘हेडस्टेण्ड’ गरिरहेको देख्न सकिन्छ।
११ हजार जनताका बीचमा ‘मेयर’ छायाङ्कन
११ हजार जनताका बीचमा ‘मेयर’ छायाङ्कन सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ। निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए।
पत्नीसहित फिल्म हेरेपछि गृहमन्त्री लामिछानेले भने– महाजात्रा हेर्दा उर्जा महशुस गरेँ
पत्नीसहित फिल्म हेरेपछि गृहमन्त्री लामिछानेले भने– महाजात्रा हेर्दा उर्जा महशुस गरेँ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन्। उनले ‘जात्रा’ र ‘जात्रै जात्रा’ श्रृङ्खला आफूले हेरिसकेकाले तेस्रो श्रृङ्खला ‘महाजात्रा’ हेर्न उत्सुक भएर आएको बताए।‘मलाई यो श्रृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो। म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको...
बलिउड निर्माता तथा निर्देशक अनुराग भन्छन्— अब प्रत्येक मिटिङको पारिश्रमिक लिन्छु
बलिउड निर्माता तथा निर्देशक अनुराग भन्छन्— अब प्रत्येक मिटिङको पारिश्रमिक लिन्छु ‘मैले आफ्नो लामो समय नयाँ अनुहारलाई सहयोग गर्नमा बर्बाद गरें । जसमा बढी मिडियामा आउन चाहने नै थिए । अब म आफ्नो समय बर्बाद गर्न चाहन्नँ । जसलाई मलाई क्रिएटिभ जिनियस मान्छ, म उसँग अब पैसा लिएर मात्र सल्लाह दिन्छु । यदि मसँग कोही भेटघाट गर्न चाहन्छ भने १० देखि...
Weather Update