News Griha :: न्यूजगृह
बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते
बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते पञ्चेश्वर गाउँपालिकामा जीप दुर्घटनामा हुँदा एकको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । गणमेश्वरबाट देहीमाडौंतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जीप पञ्चेश्वर–५ तिलकपुर भिटा भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी पञ्चेश्वर–५ का ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश...
नाम्चे पुग्यो सफा हिमाल अभियानको टोली
नाम्चे पुग्यो सफा हिमाल अभियानको टोली सफा हिमाल अभियानअन्तर्गत प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली सोमबार सोलुखुम्बुको नाम्चे बजार पुगेको छ । उक्त टोलीले सगरमाथा तथा ल्होत्से हिमालको सफाइ कार्यलाई थप प्रभावकारी बनाउन स्थानीयसँग अन्तर्क्रिया गर्ने भएको छ । अन्तर्क्रियापछि करिब हप्ता दिनको पदयात्रा गरेर सगरमाथा आधार शिविर पुग्ने योजना टोलीको छ ।
अनलाइन ठगीमा संलग्न रहेको आरोपमा २३ जना पक्राउ
अनलाइन ठगीमा संलग्न रहेको आरोपमा २३ जना पक्राउ उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
नेपाली सेना राष्ट्रिय सुरक्षाको आधारशिला : प्रधानसेनापति शर्मा
नेपाली सेना राष्ट्रिय सुरक्षाको आधारशिला : प्रधानसेनापति शर्मा महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टरमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै उनले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए ।
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडि हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ ।
Weather Update