News Griha :: न्यूजगृह

जनकपुर— जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा २३ जनालाई पक्राउ गरेको छ । जनकपुरधामको पिडारी चोकबाट सोमबार साँझ उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुले विभिन्न एपमार्फत हनिट्रयापको धन्धा चलाउँदै आउक थिए । पक्राउ पर्नेमा १४ जना पुरुष र ९ जना महिला छन् । पक्राउ परेमाथि थप अनुसन्धान भइरहेको र विस्तृत आउन बाँकी छ । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १९:१५
Weather Update