News Griha :: न्यूजगृह
बुटवल–पाल्पा सिद्धबाबा सडक अवरुद्ध

भैरहवा— बुटवल–पाल्पा सिद्धबाबा सडक मंगलबारबाट अवरुद्ध हुने भएको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनिक दुई पटक दिउँसो र राति सडक अवरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले बताए ।

सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिबाट खुकुला ढुंगा झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगा खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा वैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

सोमबार सरकोकारवाला निकायसँगको बैठकले राष्ट्रिय महत्त्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०६:५३
Weather Update