भजन शिरोमणि भक्तराज आचार्यको निधनसोमबार, फागुन १४, २०८०
-1708922852.jpg)
काठमाडौंका सडकबाट मिटरब्याज पीडितको एकै आवाज– जस्तो सुकै दु:ख सहन्छौँ, न्याय नपाइ फर्कदैनौँ सोमबार, फागुन १४, २०८० आइतबार भृकुटीमण्डप क्षेत्रमा विरोध र्याली निस्किदै गर्दा गरिबमुखियाजस्तै पीडा बोकेर लाइनमा उभिएका थिए,महोत्तरीको बग्दागोणीका नगरपालिकाका ६८ वर्षीय लक्ष्मी राउत भेडियार। घरमा छोराछोरीको साथ लागेर आराम गर्ने बेला लक्ष्मी भने साहुको ठगीबाट न्याय माग्न र आफ्नो हकको रक्षा गर्न लौरो टेकेर यहाँसम्म आइपुगेका छन्।

अर्गानिक उत्पादनमा किसानको आकर्षण सोमबार, फागुन १४, २०८० भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्गानिक उत्पादमा लागेका हुन् ।
-1708913624.jpg)
मिटरब्याजपीडित र सरकारबीच औपचारिक वार्ता सुरु सोमबार, फागुन १४, २०८० आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता सुरू भएको छ। २५ दिनदेखि पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूले शुक्रबारदेखि काठमाडौंमा पनि विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूका मागबारे सुनुवाइ गर्न गृह मन्त्रालयले आइतबार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरी मिटरब्याजपीडितलाई वार्ताका लागि बोलाएको थियो। आइतबार बेलुकादेखि नै सरकार र...

चार अस्पतालको फोहोर सङ्कलनमा महानगरको रोक सोमबार, फागुन १४, २०८० काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि चारवटा अस्पतालको फोहोर सङ्कलन नगर्ने भएको छ।

रानी नाकाबाट ४२ बालिकासहित १७४ जनाको उद्धार सोमबार, फागुन १४, २०८० भारतसँग सीमावर्ती रानी नाकाबाट १ सय ७४ जना बालबालिका र महिलाको उद्धार गरिएको छ।गत वर्षको मार्च महिनादेखि हालसम्म ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरिएको माइती नेपाल मोरङ शाखाले जनाएको छ।आइतबार विराटनगरमा आयोजित कार्यक्रममा माइती नेपाल, मोरङका संयोजक विनोद पोखरेलले एक वर्षको अवधिमा १८ वर्षभन्दा मुनि उमेर समूहका...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल सोमबार, फागुन १४, २०८०

गरिबीका कारण फुरदिकुले पाइनन् उपचार, सुँगुरको खोरमा थुनिएकी छन् आइतबार, फागुन १३, २०८० सामान्य घरखेतीबाट परिवार चलाउँदै आएका शेर्पा दम्पतीलाई जेठी छोरी फुरदिकुमा देखिएको समस्याले झनै समस्या भएको छिमेकी दोर्जे शेर्पाले बताए। ‘पाँच सन्तानका बुबारआमा पेमाछेतर र निम्लेलाई ठूलो समस्या आइलागेको छ । छिमेकमा बसेका हामीले गर्नसक्ने भनेको अर्मपर्म हो । त्यस्तो सहयोगले उनीहरूको समस्या समाधान हुनेवाला छैन’, उनले भने, ‘पेमाछेतर र निम्लेलाई...

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने पक्राउ आइतबार, फागुन १३, २०८० एम्बुलेन्स दुरुपयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने एकजनालाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ ।त्यसरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले उनको साथबाट ५२ केजी गाँजा पनि बरामद गरेको छ ।एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको...

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ आइतबार, फागुन १३, २०८० घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन्। सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन्। सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ।यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो। यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य...
पर्यटकको रोजाइमा चंखेली हिमाल आइतबार, फागुन १३, २०८० मुगुको छायानाथ रारा नगरपालिका–१४ मा रहेको चंखेली हिमालको फेदसम्म सडक सन्जाल पुगेपछि चंखेली चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या विस्तारै बढ्दै गएको छ। चंखेली हिमाल समुन्द्र सतह देखी ४ हजार ५सय मिटरको उचाईमा रहेको छ। चंखेलीको टुप्पोबाट नेपालका ठूला नदी र तालहरु रारा, चुचेमार, मुर्माटप, कर्णाली नदी नियाल्न सकिन्छ। ...

मुख्यमन्त्री नेतृत्वको ‘हात्ती मैत्री पदयात्रा’ सुनसरीमा आइतबार, फागुन १३, २०८० तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोली सुनसरीको तालतलैया क्षेत्र पुगेको छ। कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो। यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तमा अवस्थित हात्ती जैविक मार्ग हुँदै...

सुन तस्करीको जाँचबुझ गर्न आयोग बनेको पाँच महिना बित्यो, अझै सकिएन काम आइतबार, फागुन १३, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन। सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो। तर दुई महिना म्याद थप गर्दा समेत आयोगले काम पूरा गरेको छैन। श्रोतका अनुसार सरकारले फेरि...