News Griha :: न्यूजगृह
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल

आज मिति २०८० फागुण १४ गते सोमबार। तदअनुसार २६ फेब्रुअरी २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने समय छ। वादविवादले काममा समस्या निम्त्याउन सक्छ। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अरूको भरपर्दा काम बिग्रन सक्छ। शुभचिन्तकको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। व्यापार बढ्नेछ। यात्राकाे अवसर जुट्नुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
शुभ र नयाँ कार्यको योजना बन्नेछ। आफन्त सँग पुनर्मिलनको योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। साहस र हिम्मत बढ्नेछ । नयाँ कामको योजना पनि बन्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले विभिन्न अवसर जुराउनेछ । सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
कुनै न कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ । शुभ कार्यमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मेहनतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
राशिको फल जे जस्तो भए पनि तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस् शुभकामना। 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०५:१९
Weather Update