सुन तस्करी प्रकरणबारे संसद्मा जवाफ दिँदै गृहमन्त्री
काठमाडौं— करिब २ सातापछि प्रतिनिधि सभा बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।
त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर भित्रिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले साउन ३ मा सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणमा विमानस्थल भित्रका सरकारी संरचना र सुरक्षा संयन्त्र माथि प्रश्न उठाउँदै एमालेले छुट्टै छानबिन समितिको माग राखेर साउन १० गते यता संघीय संसद् चल्न दिएको थिएन ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १६:०७
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






