सारुकको मोबाइलमा सुसाइड नोट : 'कसैलाई ब्लेम नगर्नु'

काठमाडौं— आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको मोबाइलमा प्रहरीले सुसाइड नोट फेला पारेको छ ।
आत्महत्यापछि प्रहरीले सारुकको मोबाइललाई फरेन्सिक जाँचका लागि पठाएको थियो । फरेन्सिक जाँचका क्रममा उनको मोबाइलमा सुसाइड नोट फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले प्राप्त गरेको फरेन्सिक रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको उल्लेख छ।
सारुकले सुसाइड नोटमा कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । सारुकले लेखेका छन्, ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’
अभिनेता सारुक ताम्राकार रातोपुलस्थित आफ्नै घरमा असार २१ गते झुण्डिएको अवस्थामा फेला परेका थिए । उनी ३१ वर्षका थिए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १३:५९