News Griha :: न्यूजगृह
 अभिनेता सारुक ताम्राकार मृत फेला

काठमाडौं— अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत फेला परेका छन् ।

घरको भर्‍याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएरको अवस्थामा ताम्राकार मृत अवस्थामा फेला परेको जनाइएको छ । उनी ३१ वर्षका थिए ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बिहीबार राति ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको जानकारी दिए ।

उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । प्रवक्ता रिजालको भनाइमा आत्महत्या कारण खुलेको छैन र अनुसन्धान जारी छ ।

उनले  ‘रानी,’ ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०७:३७
Weather Update