News Griha :: न्यूजगृह
सारुक आत्महत्या प्रकरण : 'मध्यरातमा सारुक र नम्रता मसानघाट गएर पूजा गरे'

काठमाडौं— चलचित्र ह्याशट्याग मायाका निर्देशक राजीव गुरुङले अभिनेत्री नम्रता श्रेष्ठको आग्रहमा सारुक मध्यरात १२ बजे दोलालघाटको मसानघाटमा गएर पूजा गरेको पुष्टि गरेका छन्। घटना सात महिना अघिको हो ।  

उनले फिल्मको सफलता अनि आर्थिक पक्षमा पनि राम्रो हुने भनेर दोलालघाट लगेको र मध्यरात १२ बजे काभ्रेको दोलालघाटस्थित मसानघाटमा गएर पूजा गरेको स्वीकार गरेका हुन् ।

उनले न्यूज फिल्मी युट्युब च्यानलसँग कुरा गर्दै दोलालघाट गएर गुरुङसहित तीनै जनाले शिव मन्दिरमा पूजा गरेको, बेलुका आफू होटेलमा बसेको तर मध्यरात १२ बजे नम्रता र सारुक तान्त्रिकसँग मसानघाटमा गएर पूजा गरेर आएको बताएका छन् ।

उनका अनुसार तान्त्रिकले उनलाई पहिलो पटक मसानघाटमा जाँदा समस्या पर्न सक्छ होटेलमै बस्नुस् भनेकाले आफू होटेलमा बसेको तर सारुक र नम्रता तान्त्रिकसँग मसानघाट गएर पूजा गरेर होटेलमा आएको बताएका हुन् ।

तान्त्रिकलाई नम्रताले मेरो गुरुजी भनेर चिनाएको र फिल्मलाई राम्रै हुँदै जान्छ भनेपछि आफू सहमत भएको उनले खुलाएका छन्। उनको दाबी अनुसार सारुकले त्यस अगाडि पनि मसानघाट गएर तान्त्रिकसँग पुजा गरेका थिए ।

तान्त्रिकलाई पूजा बापत पाँच लाख दिएको उनले खुलाएका छन्। तान्त्रिकले बुटी दिएपछि तीनै जनाले लगाएको र सारुकले आत्महत्या गरेपछि आफूले तीन दिन अगाडि बुटी फुकालेर फ्याकेको उनले न्यूज फिल्मीसँगको कुराकानीमा स्वीकार गरेका छन् ।

नम्रता र सारुकको सम्बन्ध निकै निकट रहेको, सारुक सधैँ नम्रताको सेवामा हाजिर हुने स्वभावको रहेको उनले बताए । नम्रताले के गरिन्, के खाइन्, उनी बिरामी हुँदा सारुकले रातभर हेरचाह गरेर बस्ने गरेको उनले बताए ।

आत्महत्याको बिहानको दिन सुटिङ सेटमा भएको विवादबारे पनि उनले पुष्टि गरे। त्यो दिन नम्रता र सारुकबीचकोरेपसिनको सुट रहेको र सुट सकिएपछि सारुकसिनबाट खुसी रहेको उनले सुनाए ।

उनका अनुसार सारुकले अर्को सिनमा यसरी डायलग भन्छु भन्दै उनीसँग सल्लाह गरेका थिए। त्यसपछि वाइड सट लिएको  र सटपछि नम्रता र सारुक अर्को कोठामा गएर झगडा गरेको उनले बताए । कोठा लक गरेर नम्रताले सारुकलाई एकदम कराइरहेको आवाज बाहिरसम्म आएको तर सारुक चुपचाप बसेको निर्देशक गुरुङले सुनाए ।

'अर्को सुट रोय र नम्रताको थियो। हामी बाहिर कुरिरहेका थियौँ । कोठामा नम्रताजीलेसारुकलाई कराइरहेकी थिइन्। सारुकको आवाज भने आएन,' उनले भनेका छन्, 'म तल आएँ। एक छिनमा माथि बार्दलीमा हेरेको सारुकचेयरमा बसेर टोलाइरहेका थिए ।'

फिल्मको सुटिङ सकिएपछि प्याकअप गरेर घर गएको र भोलीपल्टसारुकले आत्महत्या गरेको सुनेको उनले बताए। नम्रता अहिले सम्पर्कमा नभएको र सारुक डिप्रेसनमा भएको भन्ने हावा कुरा भएको भन्दै उनी मानसिक रूपमा निकै बलियो रहेको र घटनाको कारण के हो भन्ने सार्वजनिक हुनुपर्ने उनले बताए । फिल्म ह्याशट्याग मायाको अभिनय गर्दै गरेका अभिनेता सारुकले गत बिहीबार रातोपुलमा रहेको आफ्नो घरमा आत्महत्या गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २३:१६
Weather Update