News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय समिति बैठक बुधबार पनि बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबार पनि बस्दै छ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।

मङ्गलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । 

केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन पेस गर्दै सकिएको थियो । मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए। त्यसपछि महामन्त्री गगन थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए ।

बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ। त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा विषय राखेका थिए ।   

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०६:४०
Weather Update