News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कसले के भने ? 

काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलोपटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए । 

यसैगरी अर्का महामन्त्री गगन थापाले सांगठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरे भने नेता आनन्दप्रसाद ढुंगानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराए ।

यसैगरी प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरे  ।

सभापति देउवाले बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरे । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:३४
Weather Update