विश्वकप छनाेट
नेपाल नेदरल्यान्ड्ससामु निरीह, ६ विकेट गुमाउँदा ११६ रन

काठमाडौं— नेपालले नेदरल्यान्ड्ससामु निरीह प्रदर्शन गरेको छ ।
टर हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.५ ओभरमा ६ विकेट गुमाउँदा जम्मा ११६ रन जोडेको छ ।
छैटौँ विकेटका रूपमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएको छ । रोहितले ५५ बलमा ३३ रन बनाए । उनी भान बीकको बलमा क्याच आउट भएका हुन् ।
यसअघि, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, भीम सार्की र कुशल मल्ल आउट भएका हुन् ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १५:१०