News Griha :: न्यूजगृह
नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब प्रर्दशन, ५ विकेट गुमाउँदा ९१ रन 

काठमाडौं— आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले खराब प्रर्दशन गरेको छ । 

पाँचौँ विकेटको रूपमा कुशल मल्ल आउट भएका छन् । उनी २५.२ ओभरमा दत्तको बलमा आउट भए । उनले १९ बलमा १२ रन जोडे । पाँच विकेटकाे क्षति हुँदा नेपालले ९१ रन बनाएकाे थियाे ।

चौथो विकेटको रूपमा भीम सार्की आउट भए । उनले ५६ बल समाना गर्दै २२ रन बनाए । 

तेस्रो विकेटमा रूपमा आरिफ शेख आउट भए । उनी ४ बलमा ६ रन बनाएर आउट भएका हुन् ।

दोस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल १५.५ ओभरमा ४२ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन जोडेर विक्रमजित सिंहको बलमा स्कट इडवार्डसबाट क्याच आउट भए ।

तेस्रो ओभरमै पहिलो विकेट गुमाएको नेपालले केहीबेर सम्हालिएर प्रर्दशन गरेको थियो ।

२७ ओभरको खेल सकिएको अवस्थामा नेपालले ९६ रन बनाएकाे छ । 

नेपाललाई सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो । 

नेपालले गत बिहीबार वेस्ट इन्डिजविरुद्ध खेलेको टोलीमा कुनै परिर्वतन गरेको छैन ।

आजको खेलमा नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । 

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराएमा नेदरल्यान्ड्स औपचारिक रूपमा सुपर सिक्समा पुग्नेछ ।

दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो । 

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडीआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १४:५०
Weather Update