अमेरिकाविरुद्धको खेलमा करणले देखाए करामत, एक्लैले लिए ४ विकेट
काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल जारी छ ।
जिम्बावेमा जारी खेलमा अमेरिका पहिले ब्याटिङमा उत्रिएको हो । नेपालले टस जितेर पहिलो बलिङ रोजेपछि अमेरिकाले ब्याटिङ गरिरहेको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकाले ६१ रन जोड्दा ४ विकेट गुमाइसकेको छ । करण केसीले अमेरिकाका प्रारम्भिक ब्याट्सम्यान स्टेभेन टेलर र साइटेजा मुकामल्लको विकेट लिए । टेलर ४ र मुकामल्ल शून्य रनमा आउट भएका हुन् ।
त्यस्तै, कप्तान आरोन जोन्स र नोस्थुस केन्जीगलाई आउट गरे । चोटका कारण सोमपाल कामी आजको खेलमा छैनन् । यस अघि घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित नेपाल आजको खेलमा जित्नै पर्ने दबाबमा छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १४:२१