सुरक्षाको कारण देखाउँदै काठमाडौं उपत्यकामा ‘आदिपुरुष’ को बिहानी सो रद्द

काठमाडौं— काठमाडौं उपत्यकाका हलमा भारतीय चलचित्र ‘आदिपुरुष’ को बिहानीको सो रद्द गरिएको छ ।
सुरक्षाको कारण देखाउँदै हलहरुको छाता संगठन चलचित्र संघले बिहानीको सो रद्द गरेको जनाएको छ ।
वान सिनेमाजका म्यानेजर उमेश गिरीका अनुसार संघकै निर्णय अनुसार ‘आदिपुरुष’ को बिहानी सो रद्द गरिएको हो ।
‘जानकी भारतीय छोरी हुन’ भन्ने संवाद चलचित्रबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि उक्त चलचित्र काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ०९:४४