बालेन साहको चेतावनी
‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्द नहटाएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्द नहटाएसम्म कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरका हलमा चल्न नदिने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत मेयर साहले फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्द सच्याउन तीन दिनको समय दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १९:४६