फुटबल
ए डिभिजन लिगको अन्तिम खेल आज, नवप्रवेशी चर्च ब्वाइज विजेता

काठमाडौं— शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारबाट सकिँदै छ । अन्तिम खेलमा आज जावलाखेल युथ क्लब र फ्रेन्ड्सक्लब भिड्ने छन् ।
लिग सकिनु अगावै चर्च ब्वाइज क्लब विजेता भइसकेको छ । मच्छिन्द्र क्लब अङ्क तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।
बालगोपाल महर्जन नेतृत्वको चर्च ब्वाइज लिगको एक खेल बाँकी रहँदै उपाधिमा कब्जा जमाउन सफल भएको हो । मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेको चर्च ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिगको उपाधि विजेता बनेको हो ।
चर्च ब्वाइजले ‘बी’ लिगबाट बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको मनाङले २०४३ सालमा बनाएको कीर्तिमानसँग बराबरी गरेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० ०६:५९