News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चर्च ब्वाइज पहिलो सिजनमै ‘ए’ लिग च्याम्पियन

काठमाडौं— नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको च्याम्पियन बनेको छ ।

बालगोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइज लिगको एक खेल बाँकी रहँदै उपाधिमा कब्जा जमाउन सफल भएको हो । 

Prabhu Bank

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेको चर्च ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिगको उपाधि बिजेता बनेको हो । 

चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता थियो । यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिए पनि चर्च ब्वाइज च्याम्पियन बनेको हो । 

चर्च ब्वाइजले ‘बी’ लिगबाट बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको मनाङले २०४३ सालमा बनाएको कीर्तिमानसँग बराबरी गरेको छ ।

चर्च ब्वाइज २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च दोस्रो स्थानको मछिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुवै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ ।

मछिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ ।  

थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२औँ स्थानमा छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १७:३९
sagarmatha cementsagarmatha cement
Weather Update