News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपालले ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्छ : गगन थापा

मोरङ— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले आफ्नो ग्रेटर नेपालकाे नक्सा जारी गरी हक खोज्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपालले पनि ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्ने बताए ।

Prabhu Bank

सो अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे ।

उनले कांग्रेसकाे नीति अधिवेशन भदौमा हुने बताए । उनले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनःविचार गर्न र पार्टीलाई ठिक ठाउँमा उभ्याउने दूरगामी निर्णय लिनेमा विश्वास व्यक्त गरे ।

उनले वर्तमान सरकारलाई जनतामा अनुभूति हुने गरी काम गर्न सुझाव दिए । महामन्त्री थापाले कांग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचेको समेत प्रष्ट पारे ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २०:१२
sagarmatha cementsagarmatha cement
Weather Update