News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बालेनको साहसिक निर्णय, यसरी दिए भारतलाई काउन्टर

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साह व्यक्तिगत कामले अहिले भारतमा छन् । उनी विदेशमा भएपनि समाचारमा छाइरहेका छन् । खासगरी उनको कार्यकक्षमा राखिएको ‘ग्रेटर नेपाल’को नक्साले सामाजिक सञ्जाल तातिएको छ । 

भारतले सांस्कृतिक नक्सा भन्दै ‘अखण्ड भारत’को भित्तेचित्र राखेपछि त्यसको नेपालमा विरोध भइरहेको सन्दर्भमा मेयर शाहले ग्रेटर नेपालको सांस्कृतिक नक्सा पेन्टिङ आफ्नो कार्यकक्षमा सजाएका छन् । उनको सो कदमलाई कतिपयले भारतलाई दिएको काउन्टरको रूपमा अर्थ्याएका छन् । 

Prabhu Bank

बिहीबार बिहान सो नक्सा मेयर बालेनको कार्यकक्षमा राखिएको महानगरको प्रेस संयोजक सुरेन्द्र बजगाईँले जानकारी दिए । उनले भने, ‘ग्रेटर नेपाल नक्साको पेन्टिङ मेयरज्यूले पहिल्यै बनाउन दिनुभएको थियो । यो सांस्कृति नक्सा हो । आज बिहान कार्यकक्षमा राखिएको हो ।’ बालेनको कार्यकक्षमा यसअघि पनि चीन, भारत र नेपालको थ्री डी पेन्टिङको नक्सा राखिएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गर्दै अखण्ड भारतको नक्सा बनाइएको भित्तेचित्रको उद्घाटन गरेका थिए । सो भित्तेचित्रमा नेपालको ऐतिहासिक महत्व बोकेको लुम्बिनी र कपिलवस्तु भारतले आफ्नो नक्सामा राखेकोमा नेपालमा विरोध भएको छ । भारतको उक्त सांस्कृतिक नक्साको विरोध बंगलादेशमा पनि भएको छ । त्यहाँको परराष्ट्र राज्यमन्त्री सहरियार आलमले भारत सरकारसँग बंगलादेशको राखिएको भूमिबारे स्पष्टीकरण मागेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:३७
sagarmatha cementsagarmatha cement
Weather Update