News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बालेनको कार्यकक्षमा सजाइएको ‘ग्रेटर नेपाल’ पेन्टिङको मूल्य कति ?

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कलाप्रतिको रुचि विशेष छ । बिहीबार उनको कार्यकक्ष ग्रेटर नेपालको नक्साको पेन्टिङले सजियो

सो पेन्टिङ मेयर बालेनले पहिले नै ठमेलमा बनाउन दिएको महागर स्रोतले बतायो । ‘मेयरज्यूले भारत भ्रमणअघि नै सो पेन्टिङ बनाउन दिनुभएको थियो । ठमेलमा रहेका कलाकारले सो पेन्टिङ बनाएका थिए,’ स्रोतले भन्यो । 

Prabhu Bank

‘ग्रेटर नेपाल नक्सा’को पेन्टिङ बनाउने कलाकारको नाम भने खुलाइएको छैन । उक्त पेन्टिङ करिब २२ हजार रुपैयाँमा बनाइएको स्रोतले बताएको छ । 

सो पेन्टिङमा हाल भारतमा पर्ने उत्तराखण्ड र हिमाञ्चल प्रदेशसहित पूर्वमा टिस्टा र पश्चिममा काँगडाको भूभाग समेटिएको छ । 

पेन्टिङमा हालको नक्सा निलो रङ पोतिएको छ भने ग्रेटर नेपालको बाँकी पूर्व र पश्चिम भागमा सुन्तला रङ पोतिएको छ । नक्साबाहेकको खाली स्थान रहेको क्यानभासमा पहेँलो रङले सजिएको छ भने क्यानभासको चारै कुनामा सुन्तले रङले पोतिएको छ । 

चित्रको दायाँपट्टी माथिल्लो भागमा नेपालको झण्डा कोरिएको छ भने नक्सामा र बाहिर ग्रेटर नेपाल अंग्रजीमा कुँदिएको छ । यस्तै, नक्साको पूर्वमा चन्द्रमा र पश्चिममा सूर्य बनाइएको छ । ती दुवैको रङ सेतो छ । 

तत्कालीन ब्रिटिस साम्राज्यको भारतमा रहेको इस्ट इण्डिया कम्पनीसँग सुगौली सन्धि गर्नुअघि नेपालको भूभाग पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको थियो । सोही भूभागसहितको नक्सालाई ग्रेटर नेपाल भनिन्छ ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १८:०३
sagarmatha cementsagarmatha cement
Weather Update