रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं— मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले बन्दी जीवन बिताइरहेका विभिन्न व्यक्तिहरूलाई पनि आममाफी र कैद मिनाहा हुनेगरि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरी लगायतलाई रिहा गर्ने सरकारको योजना छ । सरकारको सिफारिस राष्ट्रपतिले सदर गरेपछि चौधरी लगायत बन्दी जीवन बिताइरहेकाहरू रिहा हुनेछन् ।
यो पनि
गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई रिहा गर्ने तयारी
रेशम चौधरीलाई आममाफीको छलफलले घाउमा नुनचुक थपियोः पीडित परिवार
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० ११:०९