News Griha :: न्यूजगृह
रेशम चौधरीलाई आममाफीको छलफलले घाउमा नुनचुक थपियोः पीडित परिवार

काठमाडौं—  रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीको परिवारले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेका छन् । 

शुक्रबार राष्ट्रपति कार्यालयमा उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायतले निवेदन दिएकी हुन् । 

कडायतले पेश गरेको निवेदनमा भनिएको छ, ‘सिउँदो फुस्रै भएपनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायश बाँकी कँही छैन् । पीडामा परि निरिह भएका राज्यबाट अपहेलितका लागि रेशम चौधरीलाई आम माफीको छलफल मात्रै पनि घाउमा थप नुन चुक भएको छ ।’ 

सरकारले चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।  

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १४:११
Weather Update