प्रधानमन्त्री दाहालबिरुद्ध बानेश्वरमा नाराबाजी
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ ।
मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलनको कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका हुन् ।
कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए ।
तर प्रहरीले ती युवालाई पक्राउ गर्न खोज्यो । त्यसपछि अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लियो ।
यस्तै, बैंकको मिटर ब्याज मिनाहा गर भन्दै नारा लगाउने युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ १५:५८
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






