
काठमाडौं— सिम्रिक एअरकोहेलिकप्टर दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पाइलट, को-पाइलटसँगै सिम्रिक एअर कै अर्का प्रतिनिधि छिरिङ भोटे, स्थानीय भविन गुरुङ र सुरेन्द्र पौडेल रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाले बताएका छन् ।
संखुवासभामा माथिल्लो अरुण हाइड्रोपावरको सामान बोक्ने हेलिकप्टर दुर्घटनामा परेको हो । जिल्लाको भोटखोला गाउँपालिकाको वडा नम्बर ४ सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो । घाइते सबैको अवस्था गम्भिर रहेको र थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको पालिका अध्यक्ष लामाले जानकारी दिए ।
दुर्घटना भएको सिम्रिक एअरको हेलिकप्टरले गोला भन्ने स्थानबाट परियोजनाका लागि आवश्यक निर्माण सामाग्रीहरू ढुवानी गर्दै आएको थियो ।
नेपालको हवाई इतिहासमा हेलिकप्टर दुर्घटनाको संख्या ३७ पुगेको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङ्टाङमा भएको थियो । उक्त हेलिकप्टरमा भीभीआईपी सवार थिए । पछिल्लो पटक सन् २०१९ मा मनाङ एअरकोएनएन–एएलसी हेलिकप्टर दुर्घटनामा परेको थियो ।
यो पनि पढ्नुहोस