News Griha :: न्यूजगृह
संखुवासभामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी
तस्बिरः सामाजिक सञ्जाल

काठमाडौं— संखुवासभाको भोटखोलामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना भएको छ । 

अरुण तेस्रोको सामान बोकेर गएको हेलिकप्टर भोटखोला गाउँपालिकाको वडा नम्बर ३ मा दुर्घटना भएको जानकारी आएको तर त्यसबारे विस्तृत जानकारी भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरेको जिप्रकाले जनाएको छ । इलाका प्रहरी चौकी स्याक्सिलागोलाको प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको र अझै घटनास्थलमा पुग्न ३५ मिनेट लाग्ने प्रहरीले बताएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १३:५१
Weather Update