भारत र इङ्ल्याण्डबीचको खेल वर्षाले प्रभावित, टस हुन सकेन

काठमाडौं— जारी आईसीसी टी२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा भारत र इङ्ल्याण्डबीचको खेलमा टसमा ढिलाई भएको छ ।
वर्षाका कारण मैदानमा पानी ओभाउन बाकी रहेकाले टसमा ढिलाई भएको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा अहिले पानी रोकिएको छ ।
अम्पायरले मैदानको निरीक्षण गरिसकेपछि टस हुनेछ । तर, मौसम खुलिनसकेकाले पुनः वर्षा हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ २०:३०