प्रतिनिधि सभा बैठक जारी [लाइभ]
काठमाडौं— प्रतिनिधि सभाको बैठक सुरु भएको छ। संसद् भवन नयाँ बानेश्वारमा जारी बैठकमा प्रतिपक्षी कांग्रेसले सुरुमै उठेर विरोध गरेपछि सभामुखले कांग्रेसको धारणा राख्ने समय दिएका छन्।
बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र सुरु भएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ।
आजै अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची छ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरिनेछ कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० १२:३१
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






