आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री बस्नेतको दाबी [भिडिओ]
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दाबी गरेका छन् । बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सगरमाथा क्षेत्रमा विद्युतीकरण र नेपाल-भारतबीच हालै भएको दीर्घकालिक विद्युत व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा भएको छलफलमा उनले यस्तो दाबी गरेका हुन् ।
१२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दाबी गर्दै उनले त्यसका लागि सरकारले ठोस कार्यनीति बनाएको बताए । उनले आगामी १० वर्षभित्रमा नेपालले १० हजार मेगावाट विद्युत भारतमा निर्यात के कसरी गर्ने भन्नेबारे काम गर्न दुई देशबीच संयन्त्र बनाएको जानकारी दिए ।
२५ वर्षसम्मका लागि भएको उक्त सम्झौता १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १६:५४
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






