News Griha :: न्यूजगृह

काठमाडौंमहानगरपालिकी उपमेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्न हात बाँधिदिएको गुनासो गरेकी छन्।
बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै उप–प्रमुख डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरिन्।
उनले बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्न आवश्यक कानून बनाउनुपर्ने बताइन्। उनले काठमाडौं महानगरले आफ्नो काम कर्तब्य, अधिकार र उपप्रमुखको प्रमुख अधिकारमा बजार अनुगमनलाई राखि तिब्र गतिमा सञ्चालन गर्ने काम गरिरहेको बताइन्।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १, २०७९  २०:०१
Weather Update