काठमाडौं— नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गरेकी छिन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
उनको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ । सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उनको प्यानलबाट उम्मेदवार छन् ।
त्यस्तै सदस्य पदमा रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले कार्यान्वयन व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेबसाइट व्यवस्थापन, भवन व्यवस्थापन तथा सञ्चालनलगायतका योजना सुनाइनन् ।
नेपाल चलचित्र कलाकार संघको १९औं साधारणसभा तथा महाधिवेशन चैत ४ गते हुँदैछ ।



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






