News Griha :: न्यूजगृह

काठमाडौं— आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नं. १८ नरदेवीस्थित एक घरमा भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

स्थानीयबासीको घरमा विद्युत सर्ट भई भएको आगलागी नियन्त्रणमा लिइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आगलागी नियन्त्रणमा नेपाली सेनासहित अन्य निकायहरू तथा स्थानीयको सहयोग रहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:१३
Weather Update