उपनिर्वाचनका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं— आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज मंगलबार दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो ।
ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत्र २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
यो पनि पढ्नुहोस
उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत्र २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
यो पनि पढ्नुहोस
त्यसपछि चुनाव प्रचारप्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ ०६:१५

















