कांग्रेसका गोविन्द भट्टराईले गरे तनहुँ–१ मा उम्मेदवारी दर्ता

तनहुँ— तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।
उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ रहेका छन् । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता भइरहेको छ ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।
उपनिर्वाचनका लागि तनहुँ–१ मा एमालेका तर्फबाट सर्वेन्द्र खनाल, नेमकिपाका रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ १४:३७













