स्वर्णिम वाग्लेले तनहुँ–१ मा गरे उम्मेदवारी दर्ता

तनहुँ— राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ १ मा स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा विश्व बास्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।
आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन गइरहेको छ । सोही उपनिर्वाचन अन्तर्गत सोमबार उम्मेदवारहरूले मनोनयन दर्ता गरेका हुन् ।
तनहुँ–१ मा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल, नेमकिपाका रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ १७:४२













