News Griha :: न्यूजगृह
नेपाली सेफले फेला पारे पोर्चुगलमा पहिलोपटक ‘ब्ल्याक ट्रफल’ 
नेपाली सेफले फेला पारे पोर्चुगलमा पहिलोपटक ‘ब्ल्याक ट्रफल’  इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा पहिलो पटक जमिनमुनि पाइने ब्ल्याक ट्रफल (कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका छन्।
ओलीलाई प्रश्नः मदन भण्डारीको हत्यारा कहिले पत्ता लाग्छ? [कुराकानी] 
ओलीलाई प्रश्नः मदन भण्डारीको हत्यारा कहिले पत्ता लाग्छ? [कुराकानी]  म उहाँलाई एक असाधारण व्यक्तिकारुपमा स्मरण गर्ने गर्दछु। उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमार्फत हाम्रो समाज र देशलाई अगाडि बढाउन असाधारण योगदान दिनुभएको छ। वैचारिकरुपमा सुस्पष्ट र देशको समृद्धिको बाटो देखाउने अगुवाका रुपमा मैले उहाँलाई लिन्छु। मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको...
घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बरेङ
घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बरेङ स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाले अथक प्रयास गरेर गाउँपालिकालाई घरमा शून्य सुत्केरी पालिका बनाइएको अध्यक्ष शर्माले बताए। घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिला जानकार बनेपछि स्वास्थ्यचौकीमा पुग्न थालेका छन्। सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने गरेको उनले...
थाइल्याण्डमा १० वर्ष पुरानो चामलको किन हुँदै छ चर्चा ? 
थाइल्याण्डमा १० वर्ष पुरानो चामलको किन हुँदै छ चर्चा ?  थाइ सरकारले हालै लिलामी गरेको १५ हजार टन चामल खान योग्य छ भनी प्रमाणित गर्ने उनीहरूको उद्देश्य थियो। थाइ प्रशासनले यस्तो किन गर्यो? किनकी सरकारको गोदाममा १० वर्ष पुरानो ५४० लाख टन चामल रहेको छ। सन् २०११ मा तत्कालीन थाइल्यान्डका प्रधानमन्त्री यंग लिक सिनावात्राले एक विवादास्पद योजना लागू गरेका थिए...
चट्याङ कसरी पर्छ?, चट्याङबाट कसरी बच्ने?
चट्याङ कसरी पर्छ?, चट्याङबाट कसरी बच्ने? विज्ञानशास्त्रका प्राध्यापकका अनुसार चट्याङ ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भन्ने गरिन्छ। तिनै बादल जुधेपछि ठूलो आवाज निस्किने गरेको हो।
मनप्रिय मनाङ
मनप्रिय मनाङ प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन्। हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे। अहो! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला। तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ। मस्र्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर। 
तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट, वार्षिक एक अर्ब ढुवानी भाडा जोगिने
तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट, वार्षिक एक अर्ब ढुवानी भाडा जोगिने नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ...
ढुङ्गेधारा छ, छैन पानी
ढुङ्गेधारा छ, छैन पानी भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ। उमेरले ७५ नाघेकी राजमाया भन्छिन्, ‘धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो। धारामै थापेर पिउँथ्यौँ। अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि पानी झर्दैन। त्यसैले यो विगत सम्झँदा अहिलेको पुस्ताले त एकादेशको कथा जस्तै भन्न...
अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार- मुख्य सचिवसहित १२ जनाविरुद्ध मुद्दा, भएको के थियो? [पूर्णपाठ] 
अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार- मुख्य सचिवसहित १२ जनाविरुद्ध मुद्दा, भएको के थियो? [पूर्णपाठ]  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाईमा अनियमिता गरेको आरोपमा ११ व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। आइतबार अख्तियारले दायर गरेको मुद्दाको प्रतिवादी बहालवाला मुख्यसचिव डा. बैकुण्ड अर्याल समेत रहेका छन्।  ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो माग गरिएको प्रकरणमा...
जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे... 
जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे...  ‘सम्माननीय सभामुखज्यू, संसद्मा माइक तोडफोड लगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुँदैन, शिक्षा विधेयक संसद्बाट कहिले पारित हुन्छ ?,’ आज यस्तै प्रश्नबाट घेरिए सभामुख देवराज घिमिरे।
पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक
पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’ मार्फत् ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न सार्वजनिक सूचना जारी गरेको हो।
बाबुरामलाई पश्नः तपाईँको नेतृत्वका वैकल्पिक धारका पार्टी किन मूलधारमा आउन सकेनन्? [कुराकानी]  
बाबुरामलाई पश्नः तपाईँको नेतृत्वका वैकल्पिक धारका पार्टी किन मूलधारमा आउन सकेनन्? [कुराकानी]   समाज परिवर्तन निरन्तर प्रक्रिया हो। हाम्रा सामाजिक संरचनाका कारण विश्वका कतिपय मुलुकका तुलनामा हामी पछि परेका छौँ। राजनीतिक परिवर्तनमा लाग्यौँ। तर राजनीतिक परिवर्तनपछि विकास निर्माण र समृद्धिको अभियान सञ्चालन हुनुपर्छ, त्यसका लागि आन्दोलनका समयमा विचारले पुग्दैन। पुराना पार्टीले यो काम गर्न सक्दैनन्। शान्ति प्रक्रियालाई निष्कर्षमा दिनुपर्ने लगायत केही सवालमा पुराना...
Weather Update